गोरखमा पारस अघिअघि, हिमानी पछिपछि

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २१ भाद्र २०७५, बिहीबार १४:२०

गोरखा । लामो समयपछि पूर्व युवराज पारस शाह पत्नीसंगै देखा परेका छन् । पूर्व युवराज्ञी हिमानी शाहसंगै पारस गोरखा पुगेका छन् । हिमानी ट्रष्टले बनाइदिएको श्री उच्च भवानी विद्यालयको उद्‌घाटन गर्न पारस र हिमानी पालुङटार पुगेका हुन् । पालुङटारको ठाटी पोखरीस्थित पूर्वयुवराज पारस शाह ढाका टोपी, चश्‍मा र प्‍याजी रंगको लुगा लगाएका थिए भने हिमानीले पनि सोही रंगमा देखिएकी थिइन्।यसका साथै हिमानीसँगै पूर्वरानी कोमल राज्‍य लक्ष्‍मी शाहले रिबन काटेर विद्यालयको उद्‌‌घाटन गरेका थिए भने साथमा नेपालका लागि जापानी राजदूत मासामिशी साइगू उपस्थित थिए।

(Visited 1 times, 1 visits today)

२१ भाद्र २०७५, बिहीबार १४:२० मा प्रकाशित

Popular Posts