नेविसंघमा टिकोटालो मान्दैनौ : महामन्त्री काफ्ले

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ कार्तिक २०७५, मंगलवार ०२:५५

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघको १२ औं महाधिवेशनका लागि वातावरण निर्माण गर्न माग गरेका छन् । सोमबार बाल्मिकी विद्यापिठमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीले नेविसंघलाई बुमर्यांगमा पारेको भन्दै विधिवत महाधिवेशन सुनिश्चितताको माग गरे ।

महामन्त्री काफ्ले निकट समूहले आफ्नो आवाज कुल्चिएर अगाडि बढे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पार्टी नेतृत्वले लिने चेतावनीसमेत दिएको छ । पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले भने, ‘‘आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टीके प्रथामार्फत् दास जन्माउँदै नेविसंघको नेतृत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्न चाहन्छौं ।’’ टीके प्रथाले आम विद्यार्थी र संगठनको भलो गर्न नसक्ने भन्दै उनले टीका लगाएर नेतृत्व चयन गरिए आन्तरिक लोकतन्त्र संस्थागत गर्नका लागि जस्तोसुकै आन्दोलनमा होमिन तयार रहेको बताए ।

काफ्ले समूहले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न आन्तरिक आन्दोलनको तयारीमा रहेको पनि स्पष्ट पारेको छ । ‘‘हामीले उमेरहदको बारेमा केही बोलेका छैनौं । विधिवत् महाधिवेशन चाहेका हौं । महाधिवेशन सुनिश्चित नभएसम्म हामी आन्तरिक संघर्ष गर्न तयार छौं,’’ महामन्त्री काफ्लेले भने । उनले ११औं महाधिवेशनबाट निर्वाचित भएको अहिलेको कार्यसमितिको म्याद कम्तिमा पनि दुई महिना थप गरिए आफूहरु १२ महाधिवेशन गर्न तयार रहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति उपाध्यक्ष डिल्लीराम सुवेदीले वाचन गरेर सुनाएका थिए । केन्द्रीय सदस्य सुशील भट्टले आफुहरुले पार्टीलाई संयमताका साथ विधिवत महाधिवेशनका लागि खबरदारी गरेको बताउँदै आफ्ना मागहरु नसुनिए थप आन्दोलनका कार्यक्रम ल्याउने बताए ।

११ औं महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको वैधानिक म्याद गत भदौ २ गते समाप्त भएको थियो । तर, पार्टीले महाधिवेशन सम्पन्न गर्ने गरी नैनसिंह महर नेतृत्वको म्याद ३ महिनाका लागि थप गरेको थियो । नेविसंघको वर्तमान कार्यसमितिको म्याद मंसिर २ गते सकिँदैछ ।

(Visited 1 times, 1 visits today)

२७ कार्तिक २०७५, मंगलवार ०२:५५ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts