दक्षिण एशियाली ब्याडमिन्टनमा नेपाल उपबिजेता

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार ०१:३४

दोस्रो दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को मिक्स टिम स्पर्धामा भारतले उपाधि हात पारेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि हात पारेको हो । भारत अघिल्लो संस्करणको विजेता हो । त्यस्तै प्रतियोगितामा नेपाल दोस्रो बन्यो ।

नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग¥यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित ग¥यो ।

बेष्ट अफ फाइभको खेलमा पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२ र २१–१७ ले पराजित गरे । अन्य खेलमा नेपालका खेलाडीले लय समात्न सकेनन् । महिला एकलमा नेपालकी रशीला महर्जन भारतकी माल्भिका बासोदसँग २१–८ र २१–५ ले पराजित भइन् ।

यस्तै पुरुष जोडीमा नवीन र प्रिन्स दाहालको जोडीले भारतका विष्णुबर्दन गाउड पञ्जला र ध्रुव रावतको जोडीलाई २१–१५ र २१–१७ अङ्कको जित सुम्पे । अर्को खेलमा महिला जोडीतर्फ नेपालका जेशिका गुरुङ र रञ्जना भट्टको जोडी भारतका खेलाडी पूर्वा बार्भे र तानिशा क्राष्टोसँग २१–५ र २१–५ ले पराजित हुँदै ३–१ को हार बेहो¥र्यो । नेपाल अघिल्लो संस्करमा पनि दोस्रो स्थानमा रहेको थियो ।

नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको सहभागिता रहेको उक्त प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्काले तेस्रो स्थान प्राप्त गरें ।

(Visited 1 times, 1 visits today)

१४ मंसिर २०७५, शुक्रबार ०१:३४ मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts