प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार १४:५७

मुगु । प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरिएकोे छ ।

आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा शुरु गरिएको उक्त अभियानको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बूढाले शुभारम्भ गर्दै रारा तालको प्राकृति सौन्दर्यलाई यथावत राख्न प्लाष्टिकजन्य वस्तुको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्लाष्टिकजन्य वस्तु मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुदाँ यसको प्रयोगलाई निरुत्साहित बनाउनुपर्ने बताउनुभयो ।

रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि लालबहादुर भण्डारीले पछिल्लो समय रारामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकाले त्यसै अनुरुप फोहर पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रालिका प्रवन्ध निर्देशक सोमबहादुर ताम¬ाङले जौविक विविधता संरक्षणका लागि प्लाष्टिकजन्य फोहरलाई व्यवस्थापन गर्न यो अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

अभियानअन्र्तगत स्थानीय मिलीचौरदेखि रारा निकुञ्जसम्म करीब ४ किलो मिटरसम्म सरसफाइ गरी ३२ वटा डस्बिन राखिएको छ ।

यस अभियानलाई होटल हिलसाइट कालिकोटले पनि सहयोग गरेको छ ।

(Visited 1 times, 1 visits today)

१७ मंसिर २०७५, सोमबार १४:५७ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts