बंगलादेशले नेपालबाट ५ सय मेगावाट विद्युत किन्ने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार १६:२७

काठमाडौं । माथिल्लो कर्णालीबाट उत्पादित ५ सय मेगावाट जलविद्युत बंगलादेशले किन्ने भएको छ। मंसिर १७ गते बसेको दुबै देशका सचिवस्तरीय बैठकमा उक्त परिणामको जलविद्युत बंगलादेशले आयात गर्ने सहमति भएको हो। यो सँगै बंगलादेशसँग नेपालको विद्युत व्यापारको बाटो खुलेको हो।

नेपाल र बंगलादेशबीच भएको यो सम्झौता पहिलो हो।

यसका साथै नेपाल र बंगलादेशबीच विद्युत व्यापारको थप संभावना खोज्ने, बंगलादेशको लगानी नेपाल भित्र्याउने, अन्तरदेशीय विद्युत प्रसारण लाइनका विषयमा पनि छलफल भएको उर्जा मन्त्रालयले जानकारी दिएको छ।

बैठकमा विद्युत व्यापारको संभावना खोज्न दुबै देशले दीर्घकालीन योजना समीक्षा गरी नेपालका संभावित आयोजना पहिचान गर्न दुबै देशबाट तीन तीन जना प्राविधिक रहने एक समिति समेत गठन गरेको छ।

(Visited 1 times, 1 visits today)

१८ मंसिर २०७५, मंगलवार १६:२७ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts