लागुऔषधसहित चारजना पक्राउ

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार १६:४१

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका–८ का ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगञ्ज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम–६ बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट नुफिन ५५ एम्पुल, फेनारगन ५५ एम्पुल, डाइजेपाम सेरिजेक ५५ एम्पुल, फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट र नाइट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

यसैगरी लु१ख ६३९० नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा कावासोती–८ बाट प्रहरीले म्याग्दी साबिक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ । उनको साथबाट फेनारगन ४३ एम्पुल, नुफिन ४३ एम्पुल, डाइजेपाम सेरिजेक ४३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई लागुऔषध ओसारपसारविरुद्धको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

१९ मंसिर २०७५, बुधबार १६:४१ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts