खड्गबहादुरको घाँटीमा ५० किलोको माला

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार १७:१५

कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालिकोटमा ५० किलोको फूलको मालाले अभिनन्दन गरिएको छ।

नेकपा कालिकोटले आयोजना गरेको जनसभामा सहभागी हुन गृहजिल्ला पुगेका प्रवक्ता प्रकाण्डलाई सहिद परिवारले ५० दिन हिराशत बसेको सम्झनामा ५० किलोको माला लगाएर अभिन्दन गरेका हुन्।

कार्यक्रममा सहिद परिवारले अबिर लगाउँदै गर्दा प्रकाण्डकी बहिनी जैपुरा बिक भक्कानिएकी थिइन्। धेरै समयपछि दाजुलाई भेटाउँदा छातिमा टाउको राखेर उनी मञ्चमै भक्कानिएकी हुन्। बहिनी जैपुरा सानाे छाेरासिहत मञ्चमा पुगेकी थिइन् ।

बहिनी रुनथालेपछि दाजु प्रकाण्डसँगै अन्य नेता तथा कार्यकर्ता भावुक बनेका थिए। नेकपाको सांस्कृतिक टिम सामना परिवारका प्रस्तुतिसहितको आमसभामा बोल्ने अधिकांश वक्ताले वैज्ञानिक समाजवाद ल्याएरै छाड्ने उद्घोष गरेका छन्।

कार्यक्रममा हजारौं स्थानीय नागरिकको सहभागिता थियो। कार्यक्रममा नक्कली कम्युनिस्टको शासन अन्तिम घडीमा पुगेको नेताहरुले बताएका छन्।

सहिद परिवारले सहिदको सपना पूरा गर्न र सहिदको रगतलाई खोलाको पानी बनाउनेविरुद्ध निरन्तर संघर्ष गर्ने उद्घोष गरेका छन्।

(Visited 1 times, 1 visits today)

१९ मंसिर २०७५, बुधबार १७:१५ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts