सङ्कटा विजयी, पुलिस बराबरीमा रोकियो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार १६:२४

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै अङ्कतालिको दोस्रो स्थानमा पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा सङ्कटाले न्यूरोड टिम एनआरटीलाई १–० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोडेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा अफ्रिकन खेलाडी म्यासवेलले गोल गर्दै सङ्कटालाई विजयी बनाए ।

जीतपछि सङ्कटा सात खेलबाट १८ अङ्क जोड्दै शीर्षस्थानको मनाङसँग अङ्क बराबरी गरेको छ । एनआरटी तालिकाको पुछारमा यथावत् रह्यो । खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

यसअघि सोही मैदानमा भएको पहिलो खेलमा विभागीय टोली पुलिस र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । लिगको साताँै चरणको पहिलो खेलमा पुलिस र हिमालयन शेर्पाले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । ३२आँै मिनेटमा तेज तामाङको पासलाई सदुपयोग गर्दै भरत साहले पुलिसलाई अग्रता दिलाएका थिए । तर हिमालयन शेर्पाका विश्वास श्रेष्ठले खेलको ७०आँै मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पुलिस सात खेलबाट ११ अङ्क जोडेर तालिकाको पाँचाँै स्थानमा छ । समान अङ्क भए पनि गोल अन्तरका आधारमा हिमालयन शेर्पा छैटाँै स्थानमा छ । हिमालयन शेर्पाका विश्वास ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

(Visited 1 times, 1 visits today)

२२ मंसिर २०७५, शनिबार १६:२४ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts