‘सबैको काङ्ग्रेस, सधैंको काङ्ग्रेस’ अभियान शुभारम्भ

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार १६:२६

काठमाडौं । ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको शुभारम्भ गरिएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटका युवाहरुबाट शुरुआत गरिएको ‘सबैको काङ्ग्रेस, सधैँको काङ्ग्रेस’ अभियानको नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा नेता गुरुङले काङ्ग्रेसलाई पुनर्ताजगी दिनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “काङ्ग्रेसलाई देशव्यापी रुपमा बलियो बनाउनका लागि अभियानले सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो ।

नेता गुरुङले बलियो काङ्ग्रेस निर्माणका लागि आफूले काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा पटकपटक आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो । उहाँले देशभरका काङ्ग्रेस कार्यकर्तालाई एक बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन अभियानलाई देशव्यापी लैजान जरुरी रहेको बताउनुभयो ।

अभियन्ता दीपक भण्डारीले पार्टीभित्र एउटै व्यक्तिले दोहो¥याउने परिपाटीको अन्त्य गर्दै समान अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्न उक्त अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

अभियन्ता हरिशरण खतिवडाले नयाँ दृष्टिकोण र नयाँ सोचका साथ पार्टीलाई अगाडि बढाउन अभियान शुरु गर्न लागिएको बताउँदै आगामी दिनमा यो अभियानलाई देशव्यापी लैजाने बताउनुभयो । अभियन्ता अञ्जना अर्याल, जयराम दाहाल लगायतले नयाँ काङ्ग्रेस निर्माणका लागि अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

(Visited 1 times, 1 visits today)

२२ मंसिर २०७५, शनिबार १६:२६ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts