इपिएल क्रिकेट: विराटनगरको विजयी सुरुवात

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार १६:४१

काठमाडौं । तेश्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा विराटनगर वारियर्सले विजयी सुरुवात गरेको छ । राष्ट्रिय टोलिका समेत कप्तान रहेका पारस खड्काको कप्तानीमा रहेको साविकको विजेता विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई तीन विकेटले पराजित गरेको हो ।

विराटनगरको जितमा करण केसीले उत्कृष्ट प्रदर्शन गरे । दुई विकेट लिएका करणले ३६ रन जोड्दै टोलिलाई जित दिलाए । निरन्तर धरासयी बनेको विराटनगरलाई करणले सम्हालेका थिए । करण केसीको विस्फोटक ब्याटिङका कारण साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सलाई ३ विकेटले हरायो ।

एक सय ५ रनको लक्ष्य पछ्याएको विराटनगरले एक बल बाँकि हुदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो । १९ रन बनाउँदा सन्दिप लामिछानेको बलमा ओपनर अनिलकुमार शाह ११ रनमा आउट भए । त्यसपछि ३२ रन बनाउँदा बिराटनगरले दोस्रो विकेट खेर फाल्यो । कप्तान पारस खड्का मात्र दुई रनमा पेभेलियन फर्किए । जसका कारण विराटनगरले ३१ रनमा दुई विकेट गुमायो ।

लगत्तै स्मिथ पटेल पनि मात्र एक रनमा आउट भएपछि विराटनगरले ३४ रनमा तेस्रो विकेट गुमाउन पुग्यो । एकपछि अर्को विकेट गुमाएको विराटनगरले ३४ रनमा नै चौथो विकेट गुमाइसकेको थियो ।

त्यसपछि क्रिजमा आएका दक्षिण अफ्रिकी खेलाडी रे भानको आशा थियो विराटनगरलाई । उनी पनि खाता खोल्न नपाउँदै रनआउट भएपछि विराटनगरको जितको आशा कमजोर बन्दै गएको थियो ।

५० रन बनाउदा ६ विकेट गुमाइसकेको विराटनगरले ७३ रन जोड्दा ७ औं विकेट पनि गुमायो । अन्तिममा आएका करणले १९ रन वलिङ गर्दा टोलिलाई आवश्यक रन जोडे । उनले एक चौका र तीन छक्का प्रहार गर्दै अन्तिम बल बाँकी छँदै टोलिलाई सफलता दिलाए । ललितपुरका गौरव तमोरले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

(Visited 1 times, 1 visits today)

२२ मंसिर २०७५, शनिबार १६:४१ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts