मिखटरियान ६ हप्ता मैदान बाहिर रहने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १० पुष २०७५, मंगलवार ०७:०५

एजेन्सी । इंग्लिश क्लब आर्सनलका मिडफिल्डर हेनरिक मिखटरियान ६ साता मैदान बाहिर रहने भएका छन् । खुट्टामा चोट बोकेपछि मिखटरियानले ६ साता मैदान बाहिर रहने भएका हुन् । 

अर्मेनियाका २९ बर्षीय मिडफिल्डर मिखटरियान काराबाओ कप अन्तर्गत टोटेनहमविरुद्धको खेलमा घाइते भएका थिए ।

उक्त क्वाटरफाइनल खेलमा आर्सनल टोटेनहमसंग पराजित भएको थियो । यस्तै मिखटरियान प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्धको खेलमा समेत टिममा रहेका थिएनन् ।

मिखटरियानको दाहिने खुट्टाको पैताला फ्याक्चर भएको बताईएको छ । मिखटरियानको चोट ठिक हुन कम्तिमा ५ देखि ७-६ हप्ता लाग्ने बताइएको छ । 

मिखटरियानले यो सिजन ४ गोल गर्नुका साथै ३ गोलका लागि पास उपलब्ध गराएका छन् । 

(Visited 1 times, 1 visits today)

१० पुष २०७५, मंगलवार ०७:०५ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts