‘मिस तामाङ २०१९’ को आवेदन खुल्ला

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ पुष २०७५, सोमबार ०५:४३

काठमाडौं । ‘मिस तामाङ २०१९’ को आवेदन खुल्ला गरिएको छ। साधना कला केन्द्र र एभरेष्ट फेसन होमको आयोजनामा हुदै आएको ‘मिस तामाङ २०१९’ का सहभागि हुन चाहने तामाङ युवतीहरुमा आवेदन आह्वान गरिएको हो।

तामाङ युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई तामाङ जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले मिस तामाङ आयोजना गर्दै आइरहेको छ।

‘मिस तामाङ २०१९’लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी थालिएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाले जानकारी दिइन।

‘मिस तामाङ २०१९’का विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत सहजै भाग लिन पाउने व्यवस्था गरिएको उनको भनाई छ।

सहभागिताको लागि तामाङ जातिको हुनुपर्ने, १६ वर्षदेखि २८ वर्ष उमेर समुहको हुनुपर्ने, कम्तीमा ५ फिट उचाई हुनुपर्ने लगायतका योग्यता निर्धारण गरिएको छ। आयोजकका अनुसार विश्वका जुनसुकै देशका तामाङ युवतीले सहभागिता जनाउन सक्नेछन्।

यसमा भाग लिन चाहनेहरुले आगामी माग ४ गतेसम्ममा एभरेष्ट फेशन होम, पुतलीसडकमामा फाराम बुझाउनु पर्नेछ। उनिहरुको प्रारम्भीक छनौट माघ ५ गते हुने छ। प्रारम्भिक छनौटमा परेकाहरुलाई आत्मविश्वास, व्यक्तित्व विकास तथा सँस्कृति जागरण लगायतका विभिन्न विषयका माघ ७ गते एक महिने तालिम शुरु गर्ने फेसन होमकी अध्यक्ष लामाले बताइन।

‘मिस तामाङ २०१९’ को विजेतालाई १ लाख नगद, सिल्बर क्रोउन र गिफ्ट हेम्पर दिइनेछ। त्यस्तै फास्ट रनर अपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ। १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ।

विजेता घोषणा तथा अवार्ड वितरण आगामी फागुन १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ।

(Visited 1 times, 1 visits today)

१६ पुष २०७५, सोमबार ०५:४३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts