चकलेटको प्रलोभनमा ५ वर्षीया बालिकाको बलात्कार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ पुष २०७५, सोमबार १५:००

पर्सा । पर्साको पकहा मैनपुर गाउपालिकामा ५ बर्षीया बालिका बालात्कृत भएकी छन्। पकाहा मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेकी ५ वर्षकी बालिका बलात्कार भएकी हुन्।

आइतबार दिउँसो आफ्नै घरमा खेलिरहेकी बालिकालाई घर नजिकैका एक युवकले चकलेट दिने बहानामा फकाइ–फुल्याइ लगेका थिए। बालिकालाई चकलेट दिने बहानामा फकाएर लगेको युवकले आफ्नो घरमा लगेर बलात्कार गरेका थिए।

बालिकाको आवाज सुनेर उनका आमाबुवा युककको घरमा पुग्दा बालिकालाई घरमै छाडेर अभियुक्त फरार भएका थिए। बलात्कारपछि बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको देखिएपछि बालिकालाई उनका अभिभावकले चेकजाँचका लागि अस्पताल ल्याएका थिए।

बालिकाको अभिभावकले प्रहरीलाई खबर गरेपछि बालिकालाई नारायणी उपक्षेत्रीय अस्पतालमा चेकजाँच गराएका थिए।

बालिकाको स्वास्थ्य जाँचको रिपोट एक–दुई दिनमै आउने जनाउँदै बलात्कारमा संलग्न युवकको पहिचान खुलिसकेको र उनी अहिले फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

(Visited 1 times, 1 visits today)

१६ पुष २०७५, सोमबार १५:०० मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts