फिदा हुसेनको हत्याका चार अभियुक्त पक्राउ

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार १५:२६

सुनसरी । दुहवी नगरपालिका ९ छातावेलीका व्यावसायी फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहका चार अभियुक्तलाई प्रहरीले घटनाको ५१ औं दिनमा पक्राउ गरी सार्वजनिक गरेको छ । रिसइवी र आर्थिक लेनदेन नमिलेपछि फिदाको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्याका मुख्य योजनाकार छाताबेलीका मोहमद शाकीम हुसेन, दुहवी १२ सीतापुरका विसम्बर यादव, त्यस्तै छाताबेलीकै मोहमद जाबीर हुसैनलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको सक्रियतामा पक्राउ गरी सार्वजनिक गरिएको छ। अर्का अभियुक्त छाताबेलीकै जफर मियालाई बाँके प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाउने क्रममा रहेको छ।

प्रहरीले उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, गोली २ राउन्ड र चक्कु एकथान बरामद गरेको छ। घटनापछि दुहवी १२ मा रहेको लक्ष्मीनारायणको मन्दिर परिसरमा रहेको नरिवलको रुखमुनि हतियार खनेर लुकाएको अवस्थामा अभियुक्तको बयानका आधारमा प्रहरीले बरामद गरेको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए।

प्रभात भ्रमणका बेला फिदालाई मंसिर ५ गते विहान सात बजे जयबाबा इटाभट्टा जाने सुनसरी मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा गोली हानिएको थियो।

(Visited 1 times, 1 visits today)

२६ पुष २०७५, बिहीबार १५:२६ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts