समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष दाहाल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ पुष २०७५, शुक्रबार १६:१५

गोरखा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिको कार्यसूची पूरा गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

गोरखाको आरुघाटमा आज आयोजित दोस्रो आरुघाट महोत्सवको उद्घाटन गर्नुहँुदै अध्यक्ष दाहालले नेपालमा ७० वर्ष लामो सङ्घर्षपछि प्राप्त राजनीतिक स्थायित्व राजनीतिक सहमतिका कारण नै सम्भव भएको भन्दै अब विकास र समृद्धि पनि राष्ट्रिय सहमतिबाट पूरा गर्न सकिने बताउनुभयो ।

“विश्वमै उत्कृष्ठ मौलिक हक अधिकार भएको संविधान सहमतिबाट बनाउन सफल भयौँ” अध्यक्ष दाहालले भन्नुभयो, “तीनवटै तहको निर्वाचन पनि सहमतिबाट सम्भव भयो, अब विकास र समृद्धिको एजेण्डा पनि राष्ट्रिय सहमतिबाट पूरा गर्न सकिन्छ ।” काम गर्दै जाँदा हुने कमीकमजोरी सच्याउँदै जान आफूहरु तयार रहेको भन्दै उहाँले समृद्धिको अभियानमा हातेमालो गर्न काङ्ग्रेसलाई आग्रह गर्नुभयो । “विकास र समृद्धिको लागि सहमति गर्न हामी तयार छौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम कसैले रोकेर नरोकिने बताउनुभयो । उहाँले बुढीगण्डकी बहुउद्देश्यीय जलासययुक्तबाट सिङ्गो नेपाली जनताले लाभ लिन सक्ने भन्दै आयोजना निर्माणको काम तत्काल अघि बढ्ने बताउनुभयो ।

बुढीगण्डकी आयोजनाको डुुबान क्षेत्रका प्रभावितलाई मुअब्जा वितरण यसै वर्ष सक्ने गरी सरकारले काम अघि बढाएको उहाँको भनाइ छ । अध्यक्ष दाहालले मुअब्जा निर्धारण हुन बाँकी रहेको गोरखा र धादिङको आरुघाट र खहरे बजार क्षेत्रको तत्काल उचित मुअब्जा निर्धारण हुने बताउनुभयो ।

(Visited 1 times, 1 visits today)

२७ पुष २०७५, शुक्रबार १६:१५ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts