वाइडबडीमा प्रचण्ड र केपी ओलीको चलखेल छ : देउवा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० पुष २०७५, सोमबार १२:४३

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भएको अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

प्रेस युनियन कैलालीले सोमबार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा देउवाले वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए।

उनले विमान खरिद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे। ‘मेरो पालामा वाइडबडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो?’उनले भने।

सभापति देउवाले कांग्रेस महासमिति बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे। फरक प्रसंगमा देउवाले नेविसंघमा देखिएको विवाद चाँडै समाधान गरिने बताए।

(Visited 1 times, 1 visits today)

३० पुष २०७५, सोमबार १२:४३ मा प्रकाशित

शीर्ष खबर

सबै

स्वीस बैंक प्रकरण चर्चामा,प्रधानमन्त्री स्वीटजरल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने गर्ने.....

खानपान र जीवनशैली नमिल्दा मुटुरोगको उच्च जोखिम

पवर्त । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts