हिउँकै वाइडबडी जहाज बनाएर नेविसंघको सांकेतिक विरोध

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ माघ २०७५, आईतवार १५:१६

गुल्मी । नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले वाइडबडी प्रकरणमा तत्काल दोषीलाई कारवाहीको माग गर्दै आएका छन् । नेविसंघ गुल्मीको जिल्ला अधिवेशनमा पुगेका विद्यार्थी नेताहरुले त्यहाँ हिउँ परेपछि हिउँमै वाइडबडी बनाएर सांकेतिक विरोध गरेका हुन् ।

नेविसंघ नेताहरु सन्तोष पाण्डे, सन्तोष कुँवर,सुजन कँडेल लगायतले हिउँमै वाइडबडी बनाएर विरोध गरेका हुन् । उनीहरुले सो प्रकरणका दोषीलाई कारवाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।

(Visited 1 times, 2 visits today)

२७ माघ २०७५, आईतवार १५:१६ मा प्रकाशित

Popular Posts