नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १६:४५

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महरले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए । नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग भएको छ । अब पार्टी नेतृत्वले राजीनामा स्वीकृत गरेपछि तदर्थ समिति गठन गरिने बुझिएको छ ।

(Visited 1 times, 1 visits today)

२८ माघ २०७५, सोमबार १६:४५ मा प्रकाशित

Popular Posts