नेक अनियमितता र घुसकाण्डको छानबिन गर्न सञ्चालक भट्टराईको माग

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार ०७:०४

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजको अनियमितता लुकाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई नै घुस बुझाएको प्रमाण सार्वजनिक भएपछि कलेज सञ्चालन गरिरहेको समूहले यथार्थ छानबिनको माग गरेको छ ।

मुनाफा रहित सार्वजनिक संस्थाको रुपमा रहेको कलेजलाई नीजिकरण गर्न चाहनेले नै स्वार्थ पूरा गर्न घुस दिनेलगायतका कार्य गरेको भन्दै कलेजका सञ्चालक सलिल भट्टराईले छानबिनको माग गरेका हुन् ।

‘हामी कलेज सार्वजनिक सम्पत्तिका रुपमा रहनुपर्छ भन्ने मान्छे हौं । कलेजमा भएको अनियमितताको छानबिन गर्न हामीले नै दिएको निवेदन सामसुम पार्न आयुक्तलाई घुस खुवाएको सार्वजनिक भएको छ । अख्तियार, सरकार र प्रहरीले तत्काल एक्सन लिनुपर्यो ।’ भट्टराईले समाजखबरसंग भने ।

कलेजलाई नीजिरण गरेर सार्वजकि सम्पत्ति हुत्याउन चाहनेहरुले लामो समयदेखि भ्रम छरिरहेको भन्दै भट्टराईले ७८ लाख घुस प्रकरणले लम्बोदर न्यौपाने पक्षको छवि प्रष्ट भएको बताए । ‘हामी सबै कुरात्यागेर छानबिनमा सहयोग गर्न तयार छौं । अब पनि भ्रष्टाचारीलाई चिनेनौ भने कलेज र विद्यार्थीको भविष्य संकटमा पर्छ ।’ उनले भने ।

यो पनि पढ्नुहोस् –

नेकको भ्रष्टाचार ढाकछोप गर्न लम्बोदर पक्षले ७८ लाख घुस बुझायो

(Visited 1 times, 86 visits today)

२ फाल्गुन २०७५, बिहीबार ०७:०४ मा प्रकाशित

Popular Posts